alliance khabar

आइतबार, माघ ११, २०८२

माछापुच्छ्रे(कास्की), माघ ११ गते ।

पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले जित्यो । खेलमा प्लेयर अफ द म्याच न्यु डायमन्डकी सुमित्रा रेग्मी हुनुभयो ।

न्यु डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपिएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपिएफले थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो ।

आइतबार दोस्रो खेल महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्यान्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपिएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल