alliance khabar

शनिबार, माघ १०, २०८२

फुङलिङ, पुस १० गते ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शनिबार आयोजक र मानाभाराबिच प्रतिस्पर्धा हुने भएको हो ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक निलोलाई ३–७ गोल अन्तरले पराजित गर्दै लालिमा युवा क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । जसमा आयोजकको दुई टिमसहित लालिमा युवा क्लब ढुङ्गेसाँघु, मानाभारा युवा क्लब खेजेनिम, साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ, पुवाजुङ फुटबल क्लब इलाम, लेस्नमाया स्मृति युवा क्लब खाम्लुङ, कुम्मायक कुसायक क्लब  पाँचथरको सहभागिता रहेको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो ।

तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही चार हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई आठ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ  । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल