alliance khabar

सोमबार, माघ ०५, २०८२

मकवानपुर, माघ ५ गते ।

 बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ ।

आसन्न प्रतिनिध सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई जना गरी छ जना प्रदेश सभा सदस्यले सोमबार राजीनामा दिनुभएको हो ।

कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीले राजीनामा प्रदेश सभा सचिवालय हेटौँडामा बुझाउनुभएको उपसभामुख अप्सरा चापागाईंले जानकारी दिनुभयो ।

काफ्ले दोलखा १ (क) बाट २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । कांग्रेस नेता काफ्ले बागमती प्रदेश  सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ । काफ्लेले यसअघि नै प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको छ ।

प्रदेशका पूर्व मन्त्री दुलाल २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा सिन्धुपाल्चोक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

यस्तै नेकपाका मानन्धर २०७९ को निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौँको ७ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

एमालेका मास्के काठमाडौँको ६ (ख), प्रकाश श्रेष्ठ काठमाडौँको ७ (ख) र राप्रपाका केसी काठमाडौँको २ (क) बाट ०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मानन्धर, मास्के र श्रेष्ठ प्रदेश सरकाका पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

प्रदेश सभा सचिव रामकुमार पौडेलले प्रदेश सभा सदस्यहरुको राजीनामा आएको र स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल