alliance khabar

सोमबार, माघ ०५, २०८२

नगढी, माघ ५ गते ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

सो कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मङ्गलबार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहान साढे १० बजेदेखि १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा अन्य दलहरुले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, दिउँसो १२ देखि १२ः३० बजेसम्म नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, साढे १२ देखि १ बजेसम्म राष्ट्रिय स्वतन्त्रता पार्टी, १ देखि २ बजेसम्म नेपाली कम्युनिष्ट पार्टी, २ देखि ३ बजेसम्म नेपाली कांग्रेस पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत चेन्तराज पन्तले जानकारी दिनुभयो ।

यसैगरी, ३ बजेदेखि ३ः३० बजेसम्म राष्ट्रिय जनमोर्चा पार्टी, ३ः३० देखि ४ बजेसम्म नेकपा संयुक्त र ४ देखि ५ बजेसम्म नेकपा (एमाले) ले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । मनोनयनपत्र दर्ता गर्ने कार्यलाई व्यवस्थित गर्न यो समय सारणी प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मनोनयनपत्र विहान १० देखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा दर्ता गर्न सकिने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल