alliance khabar

शुक्रबार, माघ ०२, २०८२

ढाका, माघ २ गते

बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ।

“फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार  विहान ७ः५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ।

अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब विहान १० बजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ।

ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागिका कारण घाइते भएकाहरुलाई उपचारको लागि अस्पतालमा लगेपछि अन्य तिन जनाको मृत्यु भए पछि मृतकको सङ्ख्या छ पुगेको बताउनु भएको छ।

उनीहरूबाहेक  अन्य १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएको छ , भने आगलागीको कारण अझै अज्ञात छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल