alliance khabar

शुक्रबार, माघ ०२, २०८२

दैलेख, माघ २ गते 

 राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँ सभाको १७ औँ (हिउँदे) अधिवेशनमा गाउँपालिका सरकारका प्रवक्ता तथा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्रबहादुर ओलीले पेस गर्नुभएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँ सभामा पहिलो पटक राउटे समुदायको प्रतिनिधित्व गराउने प्रयास स्वरूप प्रस्तुत गरिएको प्रस्तावमा राउटे समुदायका लागि गैर–भौगोलिक विशेष वडा गठन गर्ने व्यवस्था समेटिएको छ । प्रस्ताव अनुसार राउटे समुदाय विशेष गुराँस गाउँपालिका–९ नामक गैर–भौगोलिक वडा निर्माण गरिने उल्लेख छ । गुराँस गाउँपालिका सरकारका प्रवक्ता ओलीले नेपालको संविधानको धारा ५६ को उपधारा (५) मा व्यवस्था गरिएको विशेष स्वायत्त क्षेत्रसम्बन्धी परिकल्पनालाई आधार मानेर राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले प्रस्ताव पेस गरिएको बताउनुभयो । “जसको सवाल उसकै नेतृत्व” भन्ने मान्यताका आधारमा राउटे समुदायका सवाल उनीहरूले नै समाधान गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रस्तावमा राउटे समुदायका नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरी मताधिकार प्रदान गर्ने व्यवस्था गरिएको छ । साथै गैर–भौगोलिक विशेष वडा गुराँस गाउँपालिका–९ अन्तर्गत राउटे समुदायका कल्लेल, रास्कोटी र सुवंशी वर्गबाट एक÷एक जना गरी तीन जना वडा सदस्य निर्वाचित गरिने उल्लेख गरिएको छ । समुदायका एक जनालाई वडाध्यक्ष चयन गरिने र एक महिलालाई महिला सदस्यका रूपमा चयन गरी राउटे समुदायमा पहिलो पटक महिला नेतृत्व सुनिश्चित गर्ने व्यवस्था प्रस्तावमा समेटिएको छ ।

सार्वजनिक महìवको प्रस्तावमा राउटे समुदायको संस्कार, संस्कृति, परम्परागत जीवनशैली र अस्तित्व संरक्षणलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । उनीहरूलाई सुसंस्कृत तरिकाले फिरन्ते जीवन जिउन दिने, साथै शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा राज्यबाट प्रवाह हुने सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य प्रस्तावमा उल्लेख छ ।

प्रस्तावको उद्देश्य राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउँदै कार्यपालिका र व्यवस्थापिकामा निर्णायक सहभागिता सुनिश्चित गर्नु रहेको जनाइएको छ । स्थानीय व्यवस्थापिका गुराँस गाउँ सभाबाट पारित भएको उक्त प्रस्ताव प्रदेश सभा र प्रदेश सरकारमा सिफारिस गरिने छ । त्यसपछि प्रदेश सरकारमार्फत सङ्घीय सरकार तथा प्रतिनिधि सभामा सिफारिस भई सङ्घीय व्यवस्थापिका र कार्यपालिकाबाट स्वीकृति प्राप्त भएपछि कार्यान्वयन प्रव्रिmया अघि बढाइने छ । गुराँस गाउँ सभाका अध्यक्ष तथा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले पेस गरिएको प्रस्ताव पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा रहेका राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याएर कार्यपालिका तथा व्यवस्थापिकामा सहभागिता गराउन उक्त प्रस्ताव महìवपूर्ण हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल