alliance khabar

बिहिबार, माघ ०१, २०८२

फुङलिङ, माघ १ गते ।

ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ ।

कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ समूहको सहभागिता रहेको छ । यस्तै, शुक्रबार दोस्रो दिन दुई खेल सञ्चालन हुने आयोजक माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नाम्थोक युवा क्लब पाँचथर र वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनबिच प्रतिस्पर्धा हुँदै छ ।

शुक्रबार नै हुने अर्को खेलमा ड्रिम बोइज एफ.सि. धनकुट्टा र खाम्लालुङ ग्रामीण युवा समाजबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार अन्तिम क्वार्टरफाइनलका दिन भने श्री लागीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने अध्यक्ष लिम्बूको भनाइ छ ।

ऐतिहासिक माघे मेला यस अघि पनि सञ्चालन हुँदै आएको थियो भने गोल्ड कप भने पहिलो पटक सञ्चालन हुने भएको हो । माघे मेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन हुने आमन्त्रित गोल्ड कपका विजेताले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो हुनेले नगद एक लाख ७५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूको भनाइ छ । साथै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलामा वृहत माघेनीमेला साँगीतिक साँझ–२०८२ समेत सञ्चलन हुने सांस्कृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार साँगीतिक साँझमा राष्ट्रीय कलाकार तारा प्रकाश लिम्बूसँगै चर्चित कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।

विषेश गरी सिंवा बजारलाई जिल्लाको तेस्रो ठुलो बजार मानिन्छ । सिंवा बजार ताप्लेजुङको पर्यटकीय क्षेत्र कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, ऐतिहासिक क्षेत्र ओलाङ्चुङगोला, सिङ्जेमा तालसँगै चिनसँगको सिमा नाका तिपतालाको प्रवेशद्वार भएकोले यसको प्रवर्धनसँगै व्यापारिक क्षेत्र बनाउनका लागि मेला सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल