alliance khabar

बिहिबार, माघ ०१, २०८२

काठमाडौँ, माघ १ गते ।

 सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

सभामुख घिमिरेले भन्नुभएको छ, “माघी, माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्तिका रूपमा मनाइने यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा, मगर समुदायले राष्ट्रिय पर्वका रूपमा, नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’का रूपमा तथा तराई–मधेसका विभिन्न समुदायले ‘नहान’ पर्वका रूपमा आ–आफ्नै मौलिक परम्परासहित मनाउँदै आएका छन्, यी विविध परम्पराहरूले हाम्रो साझा राष्ट्रिय पहिचानलाई झल्काउने गरेका छन् ।”

जाडोलाई बिदाइ गर्दै न्यानोपन, आशा र नयाँ ऊर्जाको सन्देश बोकेको माघे सङ्क्रान्ति पर्व नेपाली समाजमा आस्था, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण प्रतीकका रूपमा स्थापित छ । सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने यस दिनले प्रकृतिको चक्रसँग मानव जीवनको सम्बन्धलाई स्मरण गराउने गरेको छ । माघे सङ्क्रान्तिमा पवित्र नदी, त्रिवेणी तथा तीर्थस्थलमा स्नान, पूजा–अर्चना, दान–पुण्य गर्ने, घीउ, चाकु, तिल, तरुल, खिचडीलगायत पोषिलो परिकार सेवन गर्ने परम्परा रहेको छ । यस्ता संस्कार र परम्पराहरूले नेपाली समाजलाई प्रकृति मैत्री र मानवीय मूल्यमा आधारित बनाउन योगदान पुर्‍याएका उहाँको भनाइ छ ।

सभामुख घिमिरेले भन्नुभएको छ, “माघे सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र समृद्धिको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल