alliance khabar

शनिबार, पुष २६, २०८२

रुकुमपश्चिम, पुस २६ गते ।

 नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब निश्चित भएको बताउनुभयो ।

उहाँले रुकुमका जनताको दुःख, सुखमा साथ दिन, काँधमा काँध मिलाएर एकाकर हुन आफू रुकुमबाटै चुनाव लड्ने सोच बनाएको उल्लेख गर्नुभयो । पार्टी एकतापछि पहिलो पटक आयोजना भएको एकता सन्देश सभामा उहाँले रुकुमको विकासलाई नयाँ शिराबाट निर्माण गर्न चाहेको बताउनुभयो ।

तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्माको गृह जिल्ला समेत रहेको रुकुमपश्चिममा पुगेर प्रचण्डले जनार्दनले कम्युनिष्ट र माक्र्सवाद ल्यागेर धोका दिएको आरोप लगाउनुभयो । जनार्दनले गल्ती गरेकोले युवा नेता गोपाल शर्मालाई उम्मेदवार बनाएर अघि सारेको र रुकुमका जनताले पार्टीको विचार, सिद्धान्तलाई जिम्मेवारीपूर्वक पुरा गर्ने नेता पाएको उहाँको भनाइ छ ।

एकता सभामा सहभागी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका शीर्ष नेता

सभामा प्रचण्डले विगतमा भन्दा रुकुमका जनता पार्टी प्रति थप जिम्मेवार बनेर महानता देखाएको र भगौडाको पछि लाग्दैनन् भनेर प्रमाणित गरेको बताउनुभयो । उहाँले मध्यपहाडी लोकमार्ग अभियानको बेला आफूले केही नेता पलायन भएता पनि रुकुमका जनता पार्टीको सिद्धान्त र विचारबाट विचलित हुँदैनन् भनेको कुरा स्मरण गर्दै एकताबद्ध, क्रान्ति र पार्टी नेतृत्वको साथमा रुकुम उभिएको बताउनुभयो । प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेर नयाँ पार्टीमा लाग्नुभएका नेता जनार्दन शर्मालाई लक्षित गर्दै उहाँले रुकुमेली पलायनवादी, अराजकतावादी, पाखण्डीकापछि नलागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्नेको ताँती र विशाल जनमत देखेर उहाँले रुकुमका जनताले जनयुद्ध, जनआन्दोलनका बेला अग्रणी सिपाहीको भूमिका निर्वाह गरेको समेत बताउनुभयो । उहाँले वर्तमान समयमा देशको परिस्थिति अलि असहज र असाधारण भएकोले १७ बाम घटक दलले मिलेर अहिले अवस्थालाई सहजतामा पैदा गर्ने ताकत निर्माण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहसंयाजेक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्रान्तिकारी एकताको अभियानले देशभर उत्साह, भरोसा र उमंग पैदा भएको बताउनुभयो । नेकपाप्रति जनताको आशा र भरोसा जागेको हुनाले परिवर्तनकामी शक्ति एकढिक्का हुन उहाँले आह्वान गर्नुभयो । कार्यक्रममा सहसंयोजक नेपालले पार्टी एकताबाट पन्छिएर गएकालाई रामराम भन्न सकिने काँध थाम्न नसकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल