alliance khabar

शनिबार, पुष २६, २०८२

फुङलिङ, पुस २६ गते ।

ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ ।

गोल्डकप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती) को अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ नेसुममा आगामी पुस २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो ।

फुङलिङमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको बारे जानकारी गराइएको हो । आँप पानी युवा क्लबको आयोजनामा सञ्चालन हुने गोल्डकपमा क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिने क्लबका सचिव हेमन्त लिम्बूले जानकारी दिनुभएको छ ।

उहाँकाअनुसार प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने छ । जसमा आयोजक आँपानी युवा क्लब, लिभटी युवा क्लब ढुङ्गेसाघु, सिर्जनशील युवा क्लब तेम्बे, बुङ्धाक युवा क्लब साँघु, हाङपाङ चुङ्वा समाज हाङ्पाङ, मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिम, ग्रीन भ्याली स्पोर्टिङ क्लब नाल्बो र साथीभाइ सामाजिक युवा क्लब फुङलिङको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो हुनेले नगद ६० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष टेकबहादुर लिम्बूले जानकारी दिनुभयो ।

अन्य विधागत तर्फका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । खेल सम्पन्न गर्नका लागि करिब १० लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल