alliance khabar

शुक्रबार, पुष २५, २०८२

गुल्मी, पुस २५ गते ।

गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो ।

नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा भएको १८ औं नगरसभाको पहिलो बैठकबाट रेसुङ्गा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ निर्णयार्थ सर्वसम्मत पारित गरिएको छ । विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले सो विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो ।

रेसुङ्गा नगरपालिकाको विनियोजन ऐन, २०८२ र रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो । नगरप्रमुख पन्थीले नगरसभामा आर्थिक वर्ष २०८२–०८३ को हालसम्म भए गरेका सम्पूर्ण प्रगतिको बारेमा जानकारी गराउनुभयो । समुन्नत नगर निर्माण र हरेक क्षेत्रमा देशकै उत्कृष्ट नगरपालिका बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भन्दै उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासनलाई निकै प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

यसैगरी, शून्य समयमा नगरसभा सदस्य कृष्णप्रसाद भण्डारीले सार्वजनिक चासोको विषयमा आफ्नो धारणा राख्नुभयो । विगतदेखि नै आफूले उठाएका मागहरु क्रमशः सम्बोधन हुँदै गएको भन्दै उहाँले सबै जनप्रतिनिधिको समन्वय र सहकार्यमा समुन्नत नगरपालिका निर्माण गर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल