alliance khabar

बिहिबार, पुष २४, २०८२

म्याग्दी, पुस २४ गते ।

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।

सौर्यवायु र अन्तरिक्ष वातावरणसम्बन्धी गहिरो अनुसन्धान गर्दै उहाँले यो उपलब्धी हासिल गर्नुभएको हो, जसले सौर्य आँधी र अन्तरिक्ष मौसम बुझ्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शीर्षकमा अनुसन्धान गरी विद्यावारिधि हाँसिल गर्नुभएको हो । उहाँको अनुसन्धान सूर्यबाट निस्कने सौर्य वायु र त्यसमा हुने अस्थिरता तथा सौर्यवायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ ।

विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्रा.डा. ग्यारी जैंकको निर्देशनमा रहेर अनुसनधान सम्पन्न गर्नुभएको हो ।

गौतमले अध्ययन अवधिमा अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलहरुमा थुप्रै अनुसन्धानपत्रहरु प्रकाशित गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनहरुमा आफ्ना अनुसन्धान प्रतिवेदनहरु प्रस्तुत गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘ग्रामीण क्षेत्रको सामान्य परिवारबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुग्दा धेरै संघर्ष, धैर्य र निरन्तर मेहनतको लगानी छ ।’’

सूर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीको सेटालाइट स्टिम, रेडियो सञ्चार, मौसम र दैनिक जीवनमै असर पार्ने भएकाले सानैदेखिको रुची अनुसार जटिल र चुनौतिपूर्ण भए पनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको गौतमले बताउनुभयो ।

अन्तरिज्ञ विज्ञान तथा सौर्य वायुसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पूरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलको ‘डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा जानुभएको थियो ।

गौतमले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल