alliance khabar

बुधबार, पुष २३, २०८२

मकवानपुर, पुस २३ गते  ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् ।

संविधान सभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा समेटिएको जानकारी दिनुभयो । उहाँले मकवानपुरको एक र चितवनमा दुई जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेको बताउनुभयो । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र गतिशील लोकतान्त्रिक पार्टीले एक/एक जना समानुपातिकको बन्दसूचीमा राखेको छ ।

नेकपाबाट प्रतिनिधि सभा समानुपातिक सूचीमा पर्नेमा मकवानपुरको साबिक हाँडीखोला गाविस हालको मनहरी गाउँपालिका–३ स्थित सिद्धकालीका मङ्गलसिंह चेपाङ हुनुहुन्छ । एमालेबाट चितवनको कालिका नगरपालिका शक्तिखोरका सन्तबहादुर चेपाङ समानुपातिक सूचीमा पर्नुभएको छ । यस्तै नवगठित गतिशील लोकतान्त्रिक पार्टीले चितवनको राप्ती नगरपालिका कोराकका विश्वास चेपाङलाई समानुपातिक सूचीमा समेटेको छ ।

देश सङ्घीयतामा गएसँगै सीमान्तकृत चेपाङ समुदायले नीति निर्माणदेखि कार्यकारी भूमिका निर्वाह गर्नेसमेत अवसर पाएका छन् । २०६४ सालको संविधान सभा सदस्यमा एमालेले मकवानपुरका गोविन्दराम चेपाङ र तत्कालीन माओवादी गोरखाकी माया चेपाङलाई संविधान सभा सदस्य बनाएको थियो ।

यस्तै नेपाली कांग्रेसले मकवानपुरका सन्तबहादुर प्रजालाई प्रदेश सभा सदस्य हुँदै प्रदेश सरकारको जिम्मेवारीमा पु-याएको थियो । प्रदेश सभाको पहिलो कार्यकालमा सन्तबहादुर बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नुभएको थियो । पूर्वराज्यमन्त्री सन्तबहादुरले पछिल्लो समयमा मधेशी, दलित, जनजाति, सीमान्तकृतलगायतको नाममा पहुँचवाला र प्रभावशालीले अवसर पाउनु सङ्घीयता र संविधानको भावना अनुसार नभएको बताउनुभयो । २०७८ सालको जनगणना अनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ ।

चितवनका सन्तबहादुर चेपाङ, विश्वास चेपाङ र मकवानपुरका मङ्गलसिंह चेपाङ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल