alliance khabar

बुधबार, पुष २३, २०८२

बुटवल (रुपन्देही), पुस २३ गते । 

बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् । त्यसै गरी स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई थप उपचार गर्नुपर्ने भएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाउनेसमेत गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले गत महिनादेखि थालेको यो अभियानबाट बुटवलका विभिन्न वडाका गरी दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका छन् । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले बुटवलका १ देखि १९ वटै वडामा यो कार्यक्रम जारी रहेको र सबै वडामा सेवा पु¥याउने जानकारी दिनुभयो ।

आइतबार र सोमबार मात्रै बुटवल वडा नं. १८ मा १८० जना र वडा नं. १९ मा १४४ जना गरी ३२४ जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ज्येष्ठ नागरिकलाई अस्पतालमा लामो समय लाइन लागेर उपचार गर्न नपरोस् र उनीहरूले सहज रूपमा स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले उपमहानगरपालिकाले बाआमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरेको बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले अब वर्षमा दुई पटक यस्तैखाले शिविर सञ्चालन गर्ने गरी कानुनी प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । हिँड्डुल गर्न नसक्ने तथा अशक्त ज्येष्ठ नागरिकलाई यातायातको व्यवस्था गरेर शिविरसम्म ल्याउने तथा शिविरमा आउन नसक्नेलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

बुटवल तामनगरका ज्येष्ठ नागरिक रमेशप्रसाद रिजालले बुटवल उपमहानगरले सञ्चालन गरेको यो कार्यक्रमबाट घरमै उपचार सेवा पाएको भन्दै खुसी प्रकट गर्नुभयो । सेमलारका ज्येष्ठ नागरिक गङ्गा शाहीले गाउँघरमै स्वास्थ्य जाँच र निःशुल्क औषधीको व्यवस्था मिलाइएको भन्दै यो कार्यक्रमले पैसा नभएर उपचार नपाएका ज्येष्ठ नागरिकलाई सुविधा पुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल