alliance khabar

आइतबार, पुष २०, २०८२

जाजरकोट, पुस २० गते ।

जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो ।

भूकम्पले घर भत्किएपछि अस्थायी आवासम बसेका वृद्धवृद्धा, अशक्त, एकल महिलालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको छ । न्यानो आवास नहुँदा चिसोमा कष्ठकर जीवन विताएका वृद्धवृद्धा, अशक्त व्यक्तिलाई चिसोबाट जोगाउन सहयोग गरिएको हो ।

भेरी नगरपालिका–३ स्थित वृद्धाश्रम केन्द्रका अध्यक्ष मधुसुदन शर्माले मानविय परोपकारी संस्था काठमाडौँले सहाराविहीन ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार वृद्धाश्रम केन्द्रमा आउने सत्सङ्ग गर्ने ज्येष्ठ नागरिकलाई दिएको छ । घरपरिवारका सदस्य काममा जाने बेवास्था गर्ने सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाट जिविकोपार्जन गरेका व्यक्तिले चिसो समयमा न्यानो सिरक पाएपछि खुसी भएका छन् । डाँडामाथीको घाम जस्तै ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन अध्यक्ष शर्माको पहलमा सिरक वितरण गरिएको उहाँको भनाइ छ ।

भेरी नगरपालिका–२ का रामजङ्ग शाहले भूकम्पले घर भत्किएर अस्थायी आवासको बसाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।

कामकाज गर्न नसक्ने घरपरिवारले बेवास्था गर्न थालेपछि सोहि वृद्धाश्रममा आउने भजनकृतन गर्ने सुखदुःख साट्दै दिन बिताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल