alliance khabar

बिहिबार, पुष १०, २०८२

काठमाडौँ, पुस १० गते। 

शम्भु-निर्मला विशिष्ट साधक सम्मान–२०८२ बाट महासमालोचक प्रा. डा.वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनुभएको छ ।

वरिष्ठ गायक शम्भु कुमार मिलनको ५औँ वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भु निर्मला कला साहित्य समाजद्वारा  काठमाडौँमा आयोजित समारोहमा साहित्य तर्फबाट महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र संगीत तर्फबाट वरिष्ठ गायिका मीरा राणालाई शम्भु निर्मला विशिष्ट साधक सम्मानबाट सम्मानित गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेती लगायत विभिन्न विशिष्ट महानुभावहरूले नगद सहितको उक्त सम्मान प्रदान गर्नुभयो ।

दुवै सम्मानको राशि जनही नगद २१ हजार १ सय २१ रुपैयाँ रहेको छ ।

स्रष्टाहरूले आफ्ना सृजनाहरूको माध्यमबाट देशलाई देशभित्र र बाहिर प्रदेशमा चिनाउने काम गरिरहेकाले समाजले यस किसिमको सम्मान बर्षेनी प्रदान गर्दै आएको शम्भु निर्मला कला साहित्य समाजकी संस्थापक निर्मला रेग्मीले बताउनुभयो ।

सोही अवसरमा आजै मात्र विद्यावारिधिबाट दीक्षित हुनुभएका रेडियो नेपालका पूर्व निर्देशक वरिष्ठ सङ्गीतकार डा.टीका भण्डारीलाई पनि शम्भु निर्मला कला साहित्य समाजले सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल