alliance khabar

बुधबार, पुष ०९, २०८२

बाँके, पुस ९ गते ।

बाँकेको राजनीतिमा २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । डा. राणाले २०५१ सालमा सेफ दी नेसनका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा (एमाले) का तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

विसं २०६४ मा पहिलो संविधान सभा निर्वाचनमा बाँके ३ बाट राप्रपाका तर्फबाट  संविधान सभा सदस्यको उम्मेदवार बनेका राणा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । त्यसबेला उहाँ राप्रपा नेपालको उम्मेदवारका रूपमा रहनुभएको थियो ।

विसं २०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाबाट विजयी राणा २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा नेकपा (एमाले) सँगको गठबन्धनको सहयोगमा प्रतिनिधि सभामा विजयी हुनुभएको थियो ।

हाल राप्रपाका महामन्त्री रहनुभएका डा. धवलशमशेरको उपस्थितिमा सम्पन्न पार्टीको क्षेत्र नम्बर २ को बैठकले सहमहामन्त्री ऋषिराज देवकोटा एवं नेताहरू नन्दलाल वैश्य र चन्द्रशेखर पाण्डेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । बैठकमा राणाले आफू राप्रपाको केन्द्रीय सङ्गठन विस्तारमा केन्द्रित हुने भन्दै नयाँ पुस्तालाई उम्मेदवार बनाउने पक्षमा भएकाले आफ्नो नाम सिफारिस नगर्न आग्रह गर्नुभएको थियो ।

राप्रपाका सहमहामन्त्री देवकोटाका अनुसार उम्मेदवार छनोट गर्न बसेको बैठकमा अधिकांशले डा. धवलको नाम सिफारिस गर्ने भन्दै उहाँमाथि दबाबसमेत दिएका थिए । राणाले नमानेपछि अन्य तीन जनाको नाम सिफारिस भएको हो । डा. राणाले तीन दशकभन्दा लामो समयदेखि चुनावी प्रतिस्पर्धामा रहेको भन्दै अन्य व्यक्त्लिाई पालो दिनु पर्छ भन्ने लागेर निर्वाचनमा प्रतिस्पर्धा नगर्ने योजना बनाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल