alliance khabar

मंगलबार, पुष ०८, २०८२

काठमाडौँ, पुस ८ गते।

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ।

महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनुभएको छ।

उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको फारम समेत वितरण भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ।

उहाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता फारम वितरण प्रक्रिया र मापदण्ड लगायतका विषयमा जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइएको बताउनुभएको छ।

महामन्त्ती थापाले नयाँ क्रियाशील सदस्यता  फारम वितरण गर्दा जिल्ला कार्य समितिको तर्फबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँनगरपालिका कार्य समिति र वडा कार्य समितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गराउन निर्देशन दिनुभएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल