alliance khabar

आइतबार, पुष ०६, २०८२

बागलुङ, पुस ६ गते ।

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार दुई सय जनाको वर्षेनि ज्यान जाने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

देवकोटाका अनुसार, नेपालमा नसर्ने रोगको प्रमुख कारक सुर्तिजन्य पदार्थ हो । धुम्रपान गर्नेहरुमा उच्च रक्तचाप, सुगर, क्यान्सर स्वासप्रस्वास तथा मुटु रोगको जोखिम हुने देवकोटाले बताउनुभयो । सुर्तिजन्य पदार्थबाट सङ्कलित बजेट स्वास्थ्य मन्त्रालयले विशेष गरी क्यान्सर रोगीको उपचारमा खर्च हुने गरेको जानकारी दिनुभयो । धुम्रपान नियन्त्रण गर्न सुर्तिजन्य पदार्थ कम उत्पादन गर्ने र जनचेतन जगाउनुपर्नेमा उहाँको सुझाव थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाईएका नीति नियमको पूर्ण पालना गर्दै यसको प्रभावकारी अनुगमन गर्नुपर्नेमा आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तिजन्य पदार्थले आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा क्षति पुर्‍याउने बताउनुभयो । अर्का सहजकर्ता वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि वर्षेनी ४५ अर्बभन्दा धेरै खर्च हुने गरेको चर्चा गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बागलुङका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिले सुर्तिजन्य सेवन रोक्न सहकार्यको आवश्यकता औल्याउनुभएको थिाये । कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत घनस्याम सापकोटाको सञ्चालन र जनस्वास्थ्य अधिकृत समिता घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल