alliance khabar

सोमबार, मंसिर २९, २०८२

रेसुंगा(गुल्मी), मङ्सिर २९ गते ।

 गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो ।

वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत शिक्षक, कार्यालय सहयोगीहरुलाई सम्मान गरिएको बिष्टले बताउनुभयो ।

प्रत्येक श्रमीकलाई एक दिनको पारिश्रमीक एक हजार तीन सयसहित, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । काम सानो ठुलो नहुने र अहिले सम्मान गरिएका व्यक्तिहरुले लामो समयदेखि सीप र कौशलता मार्फत योगदान गरेको वडाध्यक्ष बिष्टले बताउनुभयो ।

धुर्कोट गाउँपालिकाले प्रत्येक वडाबाट पुराना श्रमीकहरुलाई सम्मान गर्ने गरेको छ । गत बर्ष बाँसको काम गर्ने र आरन सञ्चालन गरेका १४ व्यक्तिलाई सम्मान गरेको थियो ।

त्यो बाहेक हल गोरु पाल्ने, धान, मकै, सुन्तला, तरकारी, पशुपालन लगायतका विविध क्षेत्रमा लामो समय काम गरेकाहरुलाई सम्मान गर्ने गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो । उद्योग, कृषि, सेवा र निर्माणमार्फत श्रम गरेका व्यक्तिहरुको सम्मानले युवाहरुमा समेत उर्जा प्राप्त हुने भएकाले बर्सेनी निरन्तरता दिइरहेको पोख्रेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल