alliance khabar

आइतबार, मंसिर २८, २०८२

बैतडी, मङ्सिर २८ गते ।

खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोको पूरा हुन सकेको छैन ।

मेलौली नगरपालिका–९,विशालपुरका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काल लगायतका गाउँ एक गाग्री पानीका लागि दिनभरि पालो कुर्दै आएका छन् । गाउँमा खानेपानीको आपूर्ति हुँदै आएको असुर–रोकटा खानेपानीको मुहान सुकेर सुक्खायाममा पानीको हाहाकार हुने गरेको छ ।

गाउँमा भएका पानीका मुहान सुक्दै जानथालेपछि विकल्पमा मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाको माग गरे पनि पाँच वर्षदेखि निरन्तर बजेट आए पनि योजना सुरु नभएको वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आव २०७८/०७९ मा संघ सरकारबाट नगरपालिकामा दुई करोड रुपियाँ आएको थियो । डिपिआर बनाएर बाँकी बजेट फ्रिज भयो । अर्को वर्ष प्रदेश सरकारबाट नौ लाख रुपियाँ आयो । प्रदेशको योजना पनि डिपिआरमै सकियो । आव २०७९/०८० मा ५० लाख रुपियाँ आयो, तर कार्यान्वयन भएन । २०८१/०८२ मा ३० लाख र चालु आव २०८२/०८३ मा प्रदेश सरकारबाट १० लाख रुपियाँ आएको छ । अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।”

प्रत्येक वर्ष योजना आउने तर कार्यान्वयन नहुँने समस्या देखिपछि मेलौली नगरपालिकाले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीलाई यही मङ्सिर १२ गते योजना कार्यान्वयन गरिदिन पत्र पठाएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो ।

खानेपानीका लागि सरकारले हरेक वर्ष बजेट आउँदा खुसी लागे पनि योजना कार्यान्वयन नभएर बजेट फ्रिज हुँदा स्थानीयवासी दुःखी बनेको उपभोक्ता सुरेन्द्र भट्टले बताउनुभयो । विसं.२०४४ सालदेखि उपभोग गर्दै आइरहेको मर्छलेखोला तलको मुहान सुकेपछि एक गाग्री पानीका लागि दिनभरि दौडधुप गर्नु पर्ने बाध्यता रहेको उहाँले पीडा सुनाउनुभयो ।

विकल्पमा स्थानीयले सूर्नया नदीबाट लिफ्ट खानेपानी योजना माग गरे पनि पाँच वर्षदेखि नाप जाँच मात्रै भइरहेको छ । खानेपानीको समस्या दर्साउँदै मेलौली नगरपालिकाबाट भर्खरै पत्र प्राप्त भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर कृष्णबहादुर बोगटीले बताउनुभयो ।

यो वर्ष प्रदेश सरकारबाट १० लाख रुपियाँ बजेट आएकाले योजना कार्यान्वयन गर्न स्थलगत निरीक्षणमा जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल