alliance khabar

सोमबार, मंसिर २२, २०८२

विराटनगर, मङ्सिर २२ गते ।

कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो ।

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुने मान्यताका साथ विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत योग शिक्षा विस्तारको अभियान थालेको हो । यस अभियानअन्तर्गत विश्वविद्यालयले दक्ष गुरुहरूबाट तीन चरणको विशेष प्रशिक्षण दिलाएर व्यवसायिक रूपमै योग प्रशिक्षकहरू उत्पादन गर्ने नीति लिएको छ ।

यो शिक्षालाई प्रभावकारी रूपमा विस्तार गर्न विश्वविद्यालयले प्रदेशका विभिन्न पालिकाहरू र संघसंस्थाहरूको सहकार्यमा चरणबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले योग शिविरमा प्रशिक्षण दिने विज्ञ गुरुको खर्च मात्र नभई, त्यहाँबाट उत्पादन भएका प्रशिक्षकहरूले समुदायमा एक वर्षसम्म प्रशिक्षण दिँदा लाग्ने खर्चसमेत आफैँले बेहोर्ने व्यवस्था गरेको छ । कोशी प्रदेशका गाउँगाउँसम्म योग प्रशिक्षक पुर्‍याएर आम नागरिकलाई स्वस्थ बनाउने विश्वविद्यालयको लक्ष्य छ ।

योग शिक्षा विस्तारकै क्रममा विश्वविद्यालयले गत २० मङ्सिरदेखि झापाको दमकस्थित वडा नम्बर ८ को कार्यालयसँगको सहकार्यमा ४५ दिने योग प्रशिक्षण औपचारिक रूपमा सुरु गरेको छ । विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले उद्घाटन गर्नुभएको उक्त प्रशिक्षणमा ५० जना सहभागी छन् । कार्यक्रममा दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्ष धर्मप्रसाद दाहाल र स्थानीय समाजसेवीहरूको सहभागिता रहेको विश्वविद्यालयका तालिम संयोजक विकास राईले जानकारी दिनुभयो ।

यसअघि पनि विश्वविद्यालयले आफ्नो विस्तार योजना अनुरुप पाँच महिनाअघि मोरङको उर्लाबारीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रसँगको सहकार्यमा ४४ जना योग प्रशिक्षक उत्पादन गरिसकेको छ ।

प्राकृतिक चिकित्साको उच्च शिक्षा सुरु गरिँदै
योग शिक्षाको यो विस्तारलाई अझ संस्थागत र औपचारिक बनाउन मनमोहन प्राविधिक विश्वविद्यालयले निकट भविष्यमै प्राकृतिक चिकित्सासम्बन्धी उच्च शिक्षाको पठनपाठन सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल