alliance khabar

बुधबार, मंसिर १७, २०८२

काठमाडौँ, मङ्सिर १७ गते ।

 ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।

सम्झौतामा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गर्नुभयो ।

आयोजनामा कुमारी बैङ्कको अगुवाइमा नेपाल एसबिआई बैङ्क, कृषि विकास बैङ्क, एनआइसी एसिया बैङ्क र मुक्तिनाथ विकास बैङ्कले ऋण लगानी गर्ने भएका छन् ।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपियाँ रहेकोमा बैङ्कको कर्जा नौ अर्ब ६३ करोड रुपियाँ र स्वपुँजी तीन अर्ब २१ करोड रुपियाँ लगानी हुने कम्पनीले जनाएको छ ।

मनाङस्थित नार्पाभूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत् आयोजना निर्माण गर्न लागिएको छ ।

वार्षिक ३६६.४८ गिगावाट/घण्टा विद्युत् उत्पादन हुने सो आयोजनाले वार्षिक दुई अर्ब १० करोड रुपियाँको विद्युत् बिक्री गर्ने जनाइएको छ । आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र तीन महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माण सुरु गरेर आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल