alliance khabar

सोमबार, मंसिर १५, २०८२

काठमाडौँ, मङ्सिर १५ गते ।

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका छन् ।

स्वास्थ्य खबर फाउन्डेसन र हेल्थ कन्सर्नको आयोजनामा नेपाल मेडिकल काउन्सिल : ‘नवीन नेतृत्व, नयाँ दृष्टिकोण’ शीर्षकमा अन्तरसंवाद कार्यक्रममा काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका  हुन ।

आगमी पुसमा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदका लागि  डा.अजयसिंह थापा, डा गुरुशरण साह र डा कुन्जाङ शेर्पा उम्मेदवारी दिनुभएको छ ।

कार्यक्रममा तीनै जना काउन्सिलको उपाध्यक्षका लागि उम्मेदवार काउन्सिलको नेतृत्वका लागि आफूले तय गरेका अजेन्डा, सुधारका लागि प्रतिबद्धता र नयाँ दृष्टिकोणबाट काउन्सिललाई अघि बढाउने कुरामा जोड दिएका छन्।

कार्यक्रममा डा.गुरुशरण साहले काउन्सिललाई चिकित्सक मैत्री बनाउने प्रतिवद्धता गर्नुभयो । उहाँले चिकित्सकका समस्यालाई सजिलो तरिकाले ऐन नियमभित्र बसेर समाधान गरिदिने प्रतिवद्ध गर्नुृभयो ।

डा.अजयसिंह थापाले चिकित्सकले काउन्सिलबाट पाउने सुविधाबाट बञ्चित भएको बताउँदै चिकित्सक दर्ता प्रक्रिया छिटो, सरल र प्रविधिमैत्री बनाउने योजना सुनाउनुभयो ।

त्यस्तै कार्यक्रममा डा.कुन्जाङ शेर्पाले बिरामी चिकित्सकको सम्बन्ध मजबुत बनाउन काउन्सिललाई बलियो बनाउने योजना सुनाउनुभयो ।

साथै बैठकमा भएका कुरालाई कार्यन्वयनमा जोड दिने डा.शेर्पाको भनाइ छ । संवादको सहजिकरण हेल्थ कन्सर्नका अध्यक्ष डा सुवास प्याकुरेलले गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका स्वास्थ्य खबर फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रवीण ढकालले काउन्सिल सोचेजति पारदर्शिता हुन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल