alliance khabar

सोमबार, मंसिर १५, २०८२

जमुनाह (बाँके), मङ्सिर १५ गते ।

अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको हो । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि विकास भएको छ । यसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ ।

अस्पतालका ब्रेस्ट अङ्को सर्जन डा. रूपेश रोशनका अनुसार राजधानीबाहिर यस्तो सर्जरी बिरलै हुने गरे पनि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भने यो उपचार विधिबाट स्तन क्यान्सरको उपचार गरिँदै आएको छ । डा. रोशनका अनुसार यस सर्जरीमार्फत क्यान्सरको उपचारसँगै महिलाको शरीरको प्राकृतिक सौन्दर्य जोगाउने प्रयास पनि भइरहेको छ ।

डा. रोशनले भन्नुभयो, “राजधानीबाहिर यस्तो शल्यक्रिया बिरलै हुने गर्छ तर सुशील कोइराला क्यान्सर अस्पतालमा भने क्यान्सर भएको भाग हटाउने र स्तनको आकार पुनस्र्थापना गर्ने दुवै काम एउटै प्रक्रियामा भइरहेको छ ।”

स्तन क्यान्सरको उपचारमा नयाँ प्रविधि र आधुनिक विधि भित्र्याएसँगै खजुरा क्यान्सर अस्पतालका विज्ञ चिकित्सकहरूले बिरामीलाई ठुलो राहत दिएका छन् । अब क्यान्सरको उपचारसँगै महिलाको आत्मविश्वास र शरीरको आकर्षक बनावट पनि जोगाउन सकिने भएको छ । डा. रूपेशका अनुसार सर्जरीपछि स्तनको आकार बिग्रिन नदिन बिरामीकै शरीरको मासु प्रयोग गरेर स्तनको बनावट पुनस्र्थापना गरिन्छ ।

अस्पतालले हालसम्म २० जना स्तन क्यान्सरका बिरामीलाई ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ सेवा प्रदान गरिसकेको छ । डा. रोशनले पछिल्लो पटक ७३ वर्षीय एक महिलाको गत कात्तिक १९ गते सफलतापूर्वक ‘अङ्को–प्लास्टिक ब्रेस्ट सर्जरी’ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विकसित देशका महिला ५० वर्षभन्दा माथिको उमेरमा क्यान्सर देखिए पनि स्तन जोगाएर उपचार गर्न चाहन्छन् तर नेपालमा भने प्रायः स्तन काट्ने विधि अपनाइन्छ । डा. रूपेशले भन्नुभयो, “कलिलो उमेरमा स्तन क्यान्सर भएर स्तन फाल्नुपर्ने अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेका छौँ । सकेसम्म स्तन जोगाएर उपचार गरौँ भन्ने अभियानमा हामी लागिरहेका छौँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल