alliance khabar

बुधबार, मंसिर १०, २०८२

भारदह(सप्तरी), मङ्सिर १० गते ।

अस्पतालको पाँच लाख तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालबाट घर फर्किन सकेका छैन । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरूद्ध प्रसाद देवले उपचार खर्च अस्पतालमा तिर्न नसक्दा अस्पतालबाट घर फर्किन नसक्नुभएको हो ।

डेढ महिना अगाडि देवलाई नम्बर नखुलेको सवारीसाधनले तिलाठी कोइलाडी गाउँपालिकामा ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियोे । ठक्कर दिने सवारीसाधन फरार भएको थियो ।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको देवको उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको र गोल्डेन अस्पतालमै टाउकोको शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा पाँच लाख खर्च भइसकेको छ । अस्पतालको विल र औषधी गरी अझै पाँच लाख तिर्न बाँकी भएपछि अस्पतालबाट घर जान नसकेको अनिरूद्धका छोरा रामभजन देवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शल्यक्रियापछि बुवाको अवस्था सामान्य भए पनि बाँकी भएको बक्यौता तिर्न नसक्दा घर फर्किन सकेका छैनौं ।’’ बुबाको उपचारमा खर्च भएको बाँकी रहेको बक्यौता तिर्नका लागि सहयोग गरी दिन उहाँले सबै पक्षसँग पक्षसँग आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ