alliance khabar

आइतबार, मंसिर ०७, २०८२

कल्याणपुर (सप्तरी) मङ्सिर ७ गते ।

 सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् ।

शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो भने १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन् ।

खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल उहाँको मृत्यु भएको बुवा किसुनदेव यादवले बताउनुभयो ।

अहिले उहाँको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

मृत्युका कारण भने खुल्न सकेको छैन । एकथरीले खेल मैदानको साइडमा रहेको झारपातमा विषालु सर्षले डसेको हुन सक्ने अनुमान गरेका छन् भने अर्कोथरीले खेल मैदानबाट घर फर्किने क्रममा बटोमा विषदीयुक्त खानेकुरा खाएपछि यस्तो दुःखद घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक पुरीले मृत्युका कारण पोस्टमार्टको रिपोर्टपछि खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ