alliance khabar

आइतबार, कार्तिक ३०, २०८२

बागलुङ, कात्तिक ३० गते ।

 अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा नौ करोड ७० लाख सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख सङ्कलन भएको हो । महायज्ञको छैठौं दिन बिहीबार सबैभन्दा धेरै एक करोड ६५ लाख सङ्कलन भएको थियो ।

मानवसेवा आश्रम बागलुङमा १० करोड रुपियाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा आश्रमका लागि दाताहरुको उत्साहपुर्ण सहभागिता थियो । मानवीय सेवाका लागि आयोजित महायज्ञलाई सफल बनाउन र उद्देश्य अनुसार पूर्वाधार निर्माणमा नागरिकले साथ दिएको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिनुभयो ।

दानमुठी, बागलुङ नगरपालिकासहित जिल्लाका अन्य पालिकाले झण्डै पाँच करोड लगानीमा भवन ठडिएको छ । यो भवन निर्माण सम्पन्न गर्न थप तीन करोड रुपियाँ आवश्यक पर्छ । मानवसेवा आश्रमले हाल बजारमा रहेको भवनमा ६६ जना आश्रितलाई राखिरहेको छ ।

आश्रमले सडकमा अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्दै आश्रममा ल्याएर खानेबस्ने व्यवस्थापन गराउँदै आएको छ । यो अभियानपछि आश्रमलाई दुई सय जना मानिस राख्न मिल्ने र सञ्चालन गर्न सकिने बनाउने योजना छ । त्यसका लागि बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा आश्रम भवन निर्माणाधिन छ । यो भवन बनिसकेपछि हाल बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको आश्रम निरयघाटमा सर्ने तयारी छ ।

महायज्ञमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग गरिएको छ । विभिन्न आमा समूहहरु, संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु महायज्ञमा सहभागि हुनुहुन्थ्यो । महायज्ञमा बागलुङसँगै छिमेकी पर्वत र म्याग्दी जिल्लाका स्थानीय तहले खुलेर दान गरेको मानव सेवा आश्रमका अभिभावक निर्मल कुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘आश्रमप्रति भक्तजनले देखाएको विश्वासका कारण लक्ष्य नजिक पुगेका छौं’’ श्रेष्ठले भन्नुभयो ।

महायज्ञमार्फत आश्रमले विभिन्न स्थानमा सेवा केन्द्र पनि निर्माणको काम थालेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । १३ वर्षअघि हेटौँडाबाट सुरु भएको आश्रम निर्माणले सडकमा अलपत्र परेका नागरिकलाई नाना, छाना र खानाको व्यवस्थापन गर्दै आएको छ । आगामी दिनमा सहयोगापेक्षीहरुको शिक्षा, स्वास्थ्य र मनोरञ्जन क्षेत्रमा पनि काम गर्ने योजना बनेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल