alliance khabar

बिहिबार, कार्तिक २७, २०८२

काठमाडौँ, कात्तिक २७ गते ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ८ पैसा र बिक्रीदर १७७ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४७ पैसा र बिक्रीदर ९२ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९७ पैसा र बिक्रीदर १०१ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ५६ पैसा र बिक्रीदर १०९ रुपियाँ २ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८३  पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २१ पैसा र बिक्रीदर ३४ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९९ पैसा र बिक्रीदर १५ रुपियाँ ५ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपियाँ १४  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल