alliance khabar

बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ, कात्तिक २६ गते ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार यसै वर्ष चैतमा ‘ए’ डिभिजन लिग हुने छ ।

सो छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राई, तीन विभागीय टोली, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, नेपाल फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामासहितको टोली सहभागी थियो ।

मन्त्री बब्लु गुप्ताले एन्फा, खेलाडी र क्लबका प्रतिनिधिको कुरा सुनेपछि ‘ए’ डिभिजन लिग गर्नका लागि मिति प्रस्ताव गर्न एन्फालाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “अहिले एन्फाले ‘ए’ डिभिजन लिगको मिति प्रस्ताव गर्नुस् । म त्यही मितिमा क्बलसँग प्रस्ताव गर्छु । यसका लागि क्लबसँग भोलि बैठक पनि बस्छु ।”

त्यसपछि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले १२० दिनको समयमा ‘ए’ डिभिजन लिग गराउन सकिने बताउनुभएको थियो । एन्फाका महासचिव राईले क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ‘ए’ डिभिजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फुटबल खेलाडी सङ्घका अध्यक्ष लामाले लिग फागुन २१ अघि नै सुरु गर्न उपयुक्त हुने बताउनुभयो । निर्वाचनअघि नै लिग सुरु ग¥यो भने खेलाडीको मनोबल उच्च हुन्छ, उहाँले भन्नुभयो, “त्यसपछि निर्वाचनमा स्थगित गरेर सुचारु गरे पनि खासै फरक पर्दैन ।”

अहिलेको लिग होम एन्ड अवेका आधारमा हुने छैन तर एकभन्दा बढी मैदानमा भने खेल गराउने प्रस्ताव छ । प्रस्ताव गरिएको मितिमा लिग गराउनका लागि मन्त्रालयले अब १४ ‘ए’ डिभिजन क्लबसँग छलफल गर्ने छ ।

यसअघि एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबिच राष्ट्रिय लिग पुस पहिलो सातादेखि गर्ने सहमति भएको थियो । राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष छ क्लब र जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली गरी १० टोलीबिच प्रतिस्पर्धा गराउने तयारी थियो ।

तर यो सहमतिपछि नेपाल फुटबल खेलाडी सङ्घ सडक आन्दोलनमा उत्रिएको थियो । खेलाडी सङ्घले एन्फा मुख्यालयमा धर्ना दिएको थियो भने ‘ए’ डिभिजन लिग गराउनुपर्ने मुख्य माग अघि सारेको थियो । ‘ए’ डिभिजन लिग गर्ने सहमति भएपछि राष्ट्रिय लिग भने पछि गरिने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल