काठमाडौँ, कात्तिक २५ गते ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ६९ पैसा र बिक्रीदर १६४ रुपियाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ४२ पैसा र बिक्रीदर १८७ रुपियाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ६९ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४८ पैसा र बिक्रीदर ९२ रुपियाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०३ पैसा र बिक्रीदर १०१ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६७ पैसा र बिक्रीदर १०९ रुपियाँ १३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ ०२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३८ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ०४ पैसा र बिक्रीदर ३४ रुपियाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७३ पैसा र बिक्रीदर नौ रुपियाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८९ पैसा र बिक्रीदर १४ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९२ पैसा र बिक्रीदर २२ रुपियाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ २२ पैसा र बिक्रीदर १८ रुपियाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ०८ पैसा र बिक्रीदर ४६३ रुपियाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७७ रुपियाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपियाँ ४० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
