alliance khabar

आइतबार, कार्तिक २३, २०८२

काठमाडौँ, कात्तिक २३ गते ।

नेपाल विद्युत् प्राधिकरणले हिउँदयामको विद्युत् आयातलाई थप सुनिश्चित र दिगो बनाउने गरी भारतबाट विद्युत् खरिद गर्न प्रतिस्पर्धाकै आधारमा सम्झौता भएको जनाएको छ । प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रस्ताव गरेका दुई कम्पनीमध्ये सस्तो दर प्रस्ताव गरको कम्पनीमार्फत विद्युत् आपूर्ति गर्न सम्झौता गरिएको स्पष्ट पारेको हो ।

प्राधिकरणले भारतको ऊर्जा विनिमय बजार (आइइएक्स) बाट डे अहेड र रियल टाइम बजार र विद्युत् आदानप्रदान संयन्त्रमार्फत विद्युत् आयात गर्दै आएको छ । भारतले गत वर्ष सक्खायामका महिनामा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको समयावधि र उच्च खपतको बाहेकको समयमा मात्र विद्युत् नेपाललाई बेच्न थालेको थियो ।

सुक्खायामको विद्युत् व्यवस्थापनका लागि अग्रिम रूपमा केही परिमाणमा आधार आयातका रूपमा विद्युत् खरिद गर्नु प्रणालीको आवश्यकता देखिएकाले उपलब्ध विकल्पमध्ये सबैभन्दा उत्तम विकल्पमा विद्युत् खरिद गर्न सम्झौता गरिएको प्राधिकरणले जनाएको हो ।

विज्ञप्तिमा प्राधिकरणसमक्ष गत साउन २३ मा प्राप्त प्रस्तावमा कुनै निर्णय नगरी समय व्यतीत गरेकाले असोजमा प्राधिकरणको नयाँ व्यवस्थापनले पुनः प्रस्ताव आह्वान गरेको जनाइएको छ । भारतको पिटिसिएनले भदौ २३ भित्र सम्झौता भइसक्नुपर्ने सर्तमा सबैभन्दा प्रतियुनिट ६.७४ प्रस्ताव गरेको थियो । सो अवधिमा प्राधिकरणले कुनै निर्णय नगरी प्रस्ताव निष्क्रिय पारेको जनाइएको छ ।

विज्ञप्तिमा प्राधिकरण नयाँ व्यवस्थापनले असोज ६ गते पुन प्रस्ताव आह्वान गरेकामा एनभिभिएनले सबै खर्चसमेत गरी प्रतियुनिट दर ७.६७ भारू र पिटिसीबाट प्रतियुनिट दर ६.९५ भारु पेस गरिएको प्राधिकरणले जनाएको छ । सोही अनुसार सस्तो दर प्रस्ताव गरेको पिटिसीसँग यस्तो सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण सञ्चालक समितिको मिति २०८२ असोज १० गतेको बैठकबाट पिटिसीसँग विहार–नेपाल १३२ केभी प्रसारण लाइनबाट ८० मेगावाट र ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय मेगावाट विद्युत् सन् २०२६ जनवरीदेखि मेसम्म खरिद गर्ने निर्णय भएको थियो । यो प्रस्तावलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत प्रदान गरिसकेको प्राधिकरणले जनाएको छ । नेपालले गत वर्ष दुई अर्ब ३८ करोड युनिट विद्युत् निर्यात गरिएको थियो भने एक अर्ब ६८ करोड युनिट विद्युत् भारतबाट आयात गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल