alliance khabar

सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ, कात्तिक १७ गते ।

युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई)लाई दुई सय ४३ रनले हरायो ।

जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो ।

युएईका लागि जुनैद सिद्धिक्वीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईलाई सक्तैमा समेट्न अमेरिकाका रसिल उगरकरले पाँच विकेट लिनुभयो । यस्तै सौरव नेत्रभल्करले तीन विकेट झार्नुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरका तीन विकेटको क्षतिमा दुई सय ९२ रनको योगफल खडा गरेको थियो । अमेरिकाका लागि मोनाङ्क पटेलले एक सय ३७ र मिलिन्ड कुमारले अविजित एक सय २३ रनको शतकीय पारी खेल्नुभयो ।

जितसँगै २४ खेलबाट ३६ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ । पराजित युएई १९ खेलबाट आठ अङ्क जोड्दै अन्तिममा छ । १९ खेल सकेको नेपाल १२ अङ्कसहित सातौँ स्थानमा छ । यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।

आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।

लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल