alliance khabar

सोमबार, कार्तिक १७, २०८२

सल्यान, कात्तिक १७ गते ।

सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा लिएका छन् । दुई स्थानमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २५७ जना महिला र १५५ जना पुरुषले सेवा लिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नम्बर, ३ र आइतबार वडा नम्बर, ५ मा शिविर सञ्चालन भएको थियो । शिविरमा उच्च ज्वरो आएका १५८ जनाको रगत परीक्षण गर्दा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो ।

पहिलो दिन १४६ महिला र १०१ पुरुष गरी २४७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने ज्वरोका लक्षण देखिएका ६७ जनाको रगत परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पुष्टि भएको थियो । दोश्रो दिन १११ महिला र ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य परीक्षण गराएकोमा ज्वरोका ९१ जनाको रगत परीक्षण गर्दा २८ जनामा स्क्रब टाइफस र एकजनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिनुभयो ।

पछिल्ला केही दिनयता गाउँपालिका तथा आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएपछि रोगको पहिचान र नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको हो ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले उच्च ज्वरोका कारण मानिसको मृत्यु समेत भैसकेको र यसले स्थानियहरुमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि पहल थालेको बताउनुभयो । शिविरबाट रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य जनचेतना अभिवृद्धि तथा समस्या समाधानमा सहयोग पुगेको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयको प्रथम त्रैमासिक विवरण अनुसार जिल्ला अस्पतालमा १०७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ भने यो तीन महिनाको अवधिमा १२ जनामा डेंगी रोग देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल