alliance khabar

आइतबार, कार्तिक १६, २०८२

काठमाडौँ, कात्तिक १६ गते।

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो।

आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ। आज व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन एक दशमलव २०, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, लघुवित्त एक दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा एक दशमलव ३३ र अन्य समूह एक दशमलव २३ प्रतिशतले बढेको छ।

आजको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७६ प्रतिशतले घटेको छ।

कारोबार रमक र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर रु एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको एक करोड ४० लाख छ हजार २१७ कित्ता किनबेच भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल