alliance khabar

शुक्रबार, कार्तिक १४, २०८२

पश्चिम नवलपरासी, कात्तिक १४ गते ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल गाउँपालिका बिच औपचारिक सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीका अनुसार, यो शैक्षिक सहयोग कार्यक्रम गाउँपालिकाभित्रका शैक्षिक दृष्टिले पछाडि परेका, तर उच्च सम्भावना बोकेका विभिन्न चार विद्यालयहरूमा सञ्चालन गरिनेछ ।

सहयोग कार्यक्रम मार्फत विद्यालयहरूमा भौतिक पूर्वाधार सुधार, शिक्षण–अधिगम गुणस्तर वृद्धि, विद्यार्थीहरूको सीप विकास र अभिभावक र समुदायको जागरुकता लगायतका गतिविधि गरिने छ ।

यस साझेदारीमार्फत विद्यालयहरूको समग्र शैक्षिक वातावरण र गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार, विशेषत सरावल गाउँपालिकाले यो सहकार्यले आफ्नो स्थानीय सरकारको “गुणस्तरीय र सबैका लागि शिक्षा” को लक्ष्य हासिल गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

सहयोग कार्यक्रमका श्री जनता आधारभूत विद्यालय, सरावल–५, धनगडवा, विनोद–निता कण्डेल आधारभूत विद्यालय, सरावल–५, दुबैलिया, जनता माध्यमिक विद्यालय, सरावल–६, भुजहवा र महेन्द्र जनता माध्यमिक विद्यालय, सरावल–६, गडौरीमा सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल