alliance khabar

शनिबार, कार्तिक ०८, २०८२

काठमाडौँ, कात्तिक ८ गते।

 आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई  हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने  टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म युएईमा हुँदैछ।

नेपालले पहिलो खेल कात्तिक ९ गते आइतबार बिहान ११ः१५ बजे अमेरिकासँग खेल्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग खेल्ने नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार युएईसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईले ६ अङ्क मात्र जोडेको छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल