alliance khabar

शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौँ, असोज ३१ गते ।

तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिनुभयो । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपियाँ महँगोमा लिएर बिक्री गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । बजारमा सुनको मूल्य बढे पनि माग धेरै हुँदा बैङ्कबाट ल्याएको सुन सकिएकाले अभाव कायम रहेको उहाँको भनाइ छ ।

बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई हजार रुपियाँ बढेर दुई लाख ५० हजार नौ सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य बढ्दै गएपछि उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुनको मूल्य चार हजार दुई सय अमेरिकी डलर पुगेको छ ।   व्यवसायीका अनुसार तिहारको बेलामा चारदेखि पाँच सय किलो सुनको कारोबार हुने गर्दछ । चाँदीका सामानसँगै धनत्रयोदशी (धनतेरस) मा सुनको पनि बिक्री बढ्ने वज्राचार्यको भनाइ छ ।

दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । हालै नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर दैनिक २५ किलो पु¥याएको छ । कोटा बढेको सुन तिहारपछि मात्र आइपुग्ने भएकाले पनि तत्काल प्रयोग गर्न नपाएको उहाँले जानकारी दिनुभयो ।

सुनको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि बजारमा अभाव भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिनुभयो । मूल्य बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुन सुरक्षित लगानीको क्षेत्र बनेकाले नेपालमा समेत लगानीकर्ता आकर्षित बन्दै गएको उहाँको भनाइ छ । बजारमा ढिका सुनको माग धेरै रहेको उहाँको भनाइ छ । कानुनी रूपमा ढिक्का सुन बिक्री नभए पनि गैरकानुनी ढङ्गले बिक्री भइरहेको उहाँको भनाइ छ । चोरी तस्करीबाट भित्रिएको ढिक्का सुन खुलेआम बिक्री भइरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल