alliance khabar

शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौँ, असोज ३१ गते ।

जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपियाँ भुक्तानी भइसकेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख रुपियाँ बराबरको दाबी आएको छ । जसमध्ये एक अर्ब ९५ करोड ४७ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब १९ करोड ३६ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै सङ्ख्याका आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६७३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ५५ करोड १७ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ७१ लाख रुपियाँ दाबी परेको थियो ।

मोटर बिमामा दुई हजार २५६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब ३६ करोड २५ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । मोटर बिमा अन्तर्गत तीन अर्ब ४४ करोड ९५ लाख रुपियाँ दाबी परेको थियो । इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा १८२ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब तीन करोड ८१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस अन्तर्गत तीन ३३ करोड १८ लाख रुपियाँ दाबी परेको थियो ।

यस्तै अन्य बिमा शीर्षकमा ४० वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानी समेत गरी २२ लाख दाबी भुक्तानी भएको छ भने यस अन्तर्गत ३८ करोड ८६ लाख रुपियाँ दाबी परेको थियो ।

परिवहन बिमा शीर्षकमा १२ वटा दाबी परेकोमा हालसम्म भुक्तानी भएको छैन भने यस अन्तर्गत एक करोड ६३ लाख रुपियाँ दाबी परेको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल