alliance khabar

आइतबार, आश्विन २६, २०८२

काठमाडौँ, असोज २६ गते ।

प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेको अलैँचीको उत्पादन बढेको छ । उत्पादन बढ्दा यस वर्ष अलैँचीको मूल्य भने घटेको छ । गत वर्ष उत्पादन घट्दा मूल्य बढे पनि यस पटक भने घटेको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार यस वर्ष अलैँचीको मूल्य घटेर प्रतिमन (४०केजी) ८१ हजारदेखि ८५ हजार रुपियाँमा झरेको छ । गत वर्ष प्रतिमन अलैँचीको मूल्य एक लाख १० हजार रुपियाँसम्म पुगेको थियो ।

महासङ्घका अध्यक्ष निर्मल भट्टराईले उत्पादन बढ्दा अलैँचीको मूल्य घटेको जानकारी दिनुुभयो । उत्पादन बढे पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग कम भई मूल्य घटेको उहाँले बताउनुभयो । ‘विगतका तीन वर्ष लगातार मूल्य घटेर अघिल्लो वर्ष अलैँचीको मूल्य एक्कासि बढ्यो, उहाँले भन्नुभयो, “किसानहरू अलैँची खेती विस्तारमा लागेकाले यो वर्ष उत्पादन बढेको छ ।”

स्वदेशी उत्पादनका रूपमा रहेको अलैँची निर्यात बढाएर मनग्गे विदेशी मुद्रा भिœयाउन सकिने सम्भावना रहेको उहाँको भनाइ छ । गत वर्ष चार हजार मेट्रिक टन अलैँची उत्पादन भएकोमा यस वर्ष २५

प्रतिशतले उत्पादन बढेर छ हजार पाँच सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । व्यवसायीले गुणस्तर अनुसार प्रतिकेजी दुई हजारदेखि दुई हजार दुई सयसम्म मूल्य निर्धारण गरेका छन् ।

गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा अलैँचीले राम्रो मूल्य पाएपछि अलैँचीको खेतीसमेत विस्तार हुँदै गएको छ । महासङ्घका अनुसार १८ हजार हेक्टर क्षेफलमा अलैँची खेती हुँदै आएकोमा यस वर्ष बढेर २२ हजार पुगेको छ । मुलुकमा ४० हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने सम्भावना रहे पनि खेती विस्तार हुन नसकेको महासङ्घले जनाएको छ ।

मसलाका रूपमा प्रयोग हुँदै आएको अलैँची उत्पादनको ९८ प्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोही अनुसार मूल्य पनि फरक रहेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को दुई महिनामा (साउन–भदौ) ८५ करोड ९६ लाख रुपियाँ बराबरको पाँच लाख २२ हजार दुई केजी अलैँची निर्यात भएको छ । यस्तै आव २०८१/८२ मा सात अर्ब ६८ करोड ३७ लाख रुपियाँ बराबरको ४३ लाख केजी अलैँची निर्यात भएको थियो । आव २०८०/८१ मा छ अर्ब २८ करोड ३१ लाख ३९ हजार रुपियाँको ४० लाख ७४ हजार ८४० केजी अलैँची निर्यात भएको छ ।

पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको प्रयोग स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ । खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रासायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्नुका साथै पेटमा ग्यास्ट्राइटिस तथा अल्सर हुनबाट रोकिने धारणा छ ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल