alliance khabar

शनिबार, आश्विन २५, २०८२

दाङ, असोज २५ गते ।

नेकपा (एमाले) दाङले जनसंगठन समन्वय संयन्त्रको आह्वानमा असोज २६ गते दाङको घोराहीमा खबरदारी सभा गर्ने भएको छ । एमालेले गर्न लागेको खबरदारी सभाका लागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको छ । खबरदारी सभामा शान्ति सुरक्षाको ब्यबस्था मिलाउन निर्देशन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ।

नेकपा (एमाले) दाङ जनसंगठन समन्वय संयन्त्रका संयोजक मनोहर बुढाथोकीले शान्तीपूर्ण खबरदारी सभा गर्न लागेको र स्थानीय प्रशासनबाट अनुमति पाइसकेको जानकारी दिनुभयो । उहाँले ट्राफिकचोकमा जम्मा भई घोराहीको तुलसीपुर चोकमा पुगेर सकिने जानकारी दिनुभयो ।

वर्तमान राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारीसभा गर्न लागिएको  संयोजक बुढाथोकी बताउनुभयो । विधिको शासनको रक्षा, संविधानको कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र अराजकताविरुद्ध जनसहभागिता जुटाउने अभियान अन्तर्गत यो सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

खबरदारी सभालाई सफल बनाउन दाङका स्थानीय तह, वडा र टोलस्तरमा जनसंगठनहरूलाई सक्रिय बनाएर सहभागी गराइने बुढाथोकिको भनाइ छ । जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले शान्ति सुरक्षा दिन स्थानीय प्रशासनबाट निर्देशन आएकाले जनपथ र सशस्त्रले सुरक्षाको बाताबरण बनाउने जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल