alliance khabar

बुधबार, आश्विन १५, २०८२

धनगढी, असोज १५ गते। 

दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन हुने भएको छ।

धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढीको नवजीवन अस्पताल प्रालिले दसैँको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो।

दसैँमा टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने व्यक्तिको सहजताका लागि निःशुल्क बस सञ्चालन गर्ने जनाइएको छ।

बस धनगढीको चौराहादेखि फूलबारीसम्म, फूलबारीदेखि चौराहासम्म, चौराहादेखि अत्तरियासम्म, अत्तरियादेखि चौराहासम्म चल्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो। उहाँले निःशुल्क बस सञ्चालनको समय तोकिएको उल्लेख गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल