alliance khabar

मंगलबार, आश्विन ०७, २०८२

काठमाडौँ, असोज ७ गते ।

 नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ दुई पैसा र बिक्रीदर १६६ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ३२ पैसा र बिक्रीदर १९१ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७८ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ९९ पैसा र बिक्रीदर ९३ रुपियाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ १३ पैसा र बिक्रीदर १०२ रुपियाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ११० रुपियाँ ३६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८२ पैसा र बिक्रीदर १९ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६९ पैसा र बिक्रीदर ३८ रुपियाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५५ पैसा र बिक्रीदर ३३ रुपियाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ दुई पैसा र बिक्रीदर १५ रुपियाँ आठ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २४ पैसा र बिक्रीदर २२ रुपियाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपियाँ ३७ पैसा र बिक्रीदर ४६४ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ २१ पैसा र विक्रीदर ३६७ रुपियाँ ७६ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल