alliance khabar

बिहिबार, आश्विन ०२, २०८२

फुङलिङ, असो २ गते ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनैपनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजात समेत लिएर गएको भन्दै कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो ।

गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनैपनि भुक्तानी गर्न प्राविधिक र व्यवहारिक दुबै हिसाबले कठिन रहेको भुक्तानी गर्न नसक्ने जनाएको छ । साथै यसबाट उत्पन्न हुने समस्याप्रति कर्मचारी जवाफदेही हुन नसक्ने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै अहिलेसम्म ठप्प रहेको कार्यालय सञ्चालनको वातावरण बनाउने कार्यमा सहजीकरण र समन्वय गरिदिन सरोकारवालालाई आग्रह समेत गरिएको छ । गत भदौ २५ गते एक समूहले गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कार्यालयका सामग्री तथा अत्यावश्यक कागजात लिएर गएका थिए । उक्त दिनबाट नै कार्यालयको कामकाज ठप्प भएको कर्मचारीले जनाएका छन् ।

असोज ३ गते शुक्रबारसम्ममा कार्यालय सञ्चालन नभएमा प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा, शिक्षकहरूको तलबभत्ता निकासा, हालसम्मको दायित्व सृजना भएको खर्च भुक्तानी, सडक हेरालुको पारिश्रमिक तथा साउन महिनाबाट हालसम्मको कर्मचारीको तलबभत्ता भुक्तानी गर्न साथै अन्य निकायमा पेश गर्नुपर्ने वार्षिक विवरण पेश सहितका कार्य हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल