काठमाडौँ, असोज १ गते ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ५९ पैसा र बिक्रीदर १४१ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ९४ पैसा र बिक्रीदर १६६ रुपियाँ ६५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ६७ पैसा र बिक्रीदर १९२ रुपियाँ ४८ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ६७ पैसा र बिक्रीदर १७८ रुपियाँ ४३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ७५ पैसा र बिक्रीदर ९४ रुपियाँ १५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ १७ पैसा र बिक्रीदर १०२ रुपियाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ९७ पैसा र बिक्रीदर ११० रुपियाँ ४४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७६ पैसा र बिक्रीदर १९ रुपियाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५७ पैसा र बिक्रीदर ३८ रुपियाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४३ पैसा र बिक्रीदर चार रुपियाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४३ पैसा र बिक्रीदर ३३ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १७ पैसा र बिक्रीदर १० रुपियाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १८ पैसा र बिक्रीदर १५ रुपियाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २३ पैसा र बिक्रीदर २२ रुपियाँ ३२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०७ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ६८ पैसा र बिक्रीदर ४६२ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ९० पैसा र बिक्रीदर ३७४ रुपियाँ ४९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ १५ पैसा र विक्रीदर ३६६ रुपियाँ ७१ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।