alliance khabar

मंगलबार, भाद्र ३१, २०८२

लहान, भदौ ३१ गते । 

जेनजी प्रदर्शनका क्रममा सहादात प्राप्त गरेका लहान वडा नम्बर–१५ का विजय चौधरी खेतीपातीको काम सकेर यही भदौ ५ गते काठमाडौँ गएको थियो । दीपावलीमा आएपछि घरको अधुरा काम पूरा गर्ने भनेर गएको विजयको भदौ –२३ गतेको जेनजी प्रदर्शनमा गोली लागेर ज्यान गयो ।

२९ वर्षीय विजयका पिता हरिप्रसाद चौधरी, आमा जलेश्वरीदेवी चौधरी छोरालाई गोली लागेको खबर सुनेपछि बेहोस हुनुभयो । काठमाडौँ नातेदारलाई सम्पर्क गर्दा विजयलाई आइसियुमा राखेर उपचार भइरहेको खबर दिएका थिए । उपचार भइरहेकाले छोरा बच्ने आशाका साथ आमाबुबा ढोडनामा रहेको शक्तिपठि पञ्चावती राजदेवीसँग प्रार्थना गरिरहे । तर, भदौ ३० गते विजयसंसारमा रहेन भने खबर सुनेदेखि विजयका आमाबुबा बेहोस हुनुहुन्छ । विजयको शव मङ्गलबार ढोडना ल्याइँदैछ भने आफन्तसहित ढोडनावासी शोकमा डुबेको छ ।

बुबा  हरिप्रसाद र आमा जलेश्वरीदेवी भन्नुहुन्छ, ‘‘यत्रो सुन्दर घर आँगनमा देउताको घर बनाएर दीपावलीमा रङ गरी दिइने छोराको लास आउने कहिले पनि सोचेका थिएनौँ । भगवानसँग गुनासो गर्दै बरु हामीलाई लगेको भए हुन्थ्यो ।’’

एसइई दिएका विजय विगत सात वर्षदेखि श्रीमती उर्मिलासहित काठमाडौँमा बस्दै आउनुभएको थियो । त्यहाँ उहाँले वायरिङगका काम गर्नुहुन्थ्यो ।

जेनजी प्रदर्शनका बेला श्रीमती उर्मिला बिरामी रहेकाले औषधी किन्न गएको विजयलाई छातीमा गोली लागेको थियो ।

आमाबुबाका लागि श्रवणकुमार थिए विजय । आमा जलेश्वरीदेवी भन्नुहुन्छ, ‘‘म नसा रोगी हुँ । औषधी खाएर बाँचिरहेकी थिएँ । छोराको मृत्युको खबरले म पनि अब धेरै दिन बाँच्दिन । मेरो छोरा श्रवणकुमार थियो । ऊ बिना अब कसरी बाँच्ने ? म बिरामी भएकै कारण वैदेशिक रोजगारमा नगएको विजय गुमेपछि अब हामीलाई यो  उमेरमा कसले हेर्छ ।’’

विजयका एक चार वर्षीया छोरी र श्रीमती उर्मिला हुनुहुन्छ । विजयका जेठो दाइ  अजय वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल