alliance khabar

मंगलबार, भाद्र ३१, २०८२

मकवानपुरगढी, भदौ ३१ गते  ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय मात्रै सुरक्षित छन् । वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ ।

साउन २७ गतेबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बागमती प्रदेश सभाको नवनिर्मित भवन पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ । १२ करोड २९ लाख रुपियाँमा निर्माण सम्पन्न भएको भवनमा तीन वटा मात्र बैठक सञ्चालन भएका थिए । आन्दोलनकारीले भवनमा आगजनी मात्र गरेनन्, प्रदेश सभामा रहेको एटिएम मेसिनसमेत फोडेका थिए ।

विभिन्न दलको कार्यालय रहेको प्रदेश सभामा कांग्रेस संसदीय दलको बाहेक अरू कुनै कार्यालय सुरक्षित छैनन् । प्रदेश सभा सुरक्षामा खटिएका प्रहरीका अनुसार नयाँ मात्र नभई प्रदेश सभाको पुरानो भवनमा पनि तोडफोड र आगजनी भएको छ । नवनिर्मित भवन पुनः सञ्चालन हुन सक्ने अवस्थामा छैन भने पुरानो भवनलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।

दुई अर्बभन्दा बढीको क्षति

चितवन समाचारदाताका अनुसार आन्दोलनका व्रmममा भरतपुर महानगरपालिका कार्यालयमा करिब दुई अर्ब रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । महानगरपालिकाको मुख्य कार्यालयसहित २० वटा वडा कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका गर्दा सो क्षति भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विवरण सङ्कलन गरिरहेका छौँ, प्रारम्भिक विवरणका आधारमा कम्तीमा दुई अर्ब रुपियाँ बराबरको क्षति भएको पाएका छौँ ।” भरतपुर महानगरपालिकाको कार्यालयमा आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ । २९ वटा वडा कार्यालयमध्ये २० वटामा क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको पौडेलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल