alliance khabar

शुक्रबार, भाद्र २७, २०८२

काठमाडौं, भदौ २७ गते ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन ।

शितल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण कार्यक्रममा उहाँहरुको सहभागिता देखिएन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेको स्वास्थ्य अवस्था ठीक नभएको र सुरक्षाका कारण त्यहाँ अनुपस्थित रहनुभएको हो । यद्यपि उहाँलाई शपथ ग्रहण कार्यक्रमको निम्ता भने आएको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो सभामुख घिमिरे र अध्यक्ष दाहालले संंयुक्त बक्तव्यमार्फत संविधानवादभन्दा बाहिर जान नहुने अपिल गर्नुभएको थियो । संवैधानिक प्रक्रियाअनुसार मुलुकको निकास खोज्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु कसैको उपस्थिति रहेन । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, विभिन्न देशका कुटनीतिज्ञहरु र नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल