alliance khabar

शुक्रबार, भाद्र २०, २०८२

म्याग्दी, भदौ २० गते ।

म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ ।

एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितबारेमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी म्याग्दी जेसीजले जानकारी गराएको हो । २२ औं संस्करणदेखि प्रायोजन सम्झौता गरेको एभरेष्ट ग्लोबलले पाँच संस्करणका लागि एक लाखका दरले नगद उपलब्ध गराउने छ ।

२३ औं जेसीज कप फुटबल प्रतियोगिताका संयोजक तथा म्याग्दी जेसीजका कोषाध्यक्ष नबिन पौडेलले प्रतियोगिताका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुनेले रनिङ शिल्ड सहित ट्रफि, प्रमाणपत्र र नगद ५५ हजार पाँच सय ५५ रुपियाँ पाउने छन् । त्यस्तै दोस्रो हुनेले ३५ हजार पाँच सय ३५ रुपियाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत गरिने छ । त्यस्तै, अनुसासित टिम र सेमीफाइनल पुग्ने टिमलाई पनि नगदसहित सम्मान गर्ने म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्तीले जानकारी दिनुभयो ।

सन् १९९९ मा म्याग्दी जेसीजको स्थापना भएपछि सन् २००० देखि म्याग्दीमा जेसीजकप फुटबल प्रतियोगिताको थालनी भएको थियो । जेसीजको अगुवाइमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने फुटबलको सुरुआत गरेर जेसीजे नयाँ कदम चालेको थियो । सोही प्रतियोगिताको २२ औं संस्करणको उपाधि माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले जितेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल