alliance khabar

बिहिबार, भाद्र १९, २०८२

काठमाडौैं, भदौ १९ गते ।

नेकपा (एमाले) को सचिवालय बैठकले शुक्रबारदेखि सुरु हुन गइरहेको दोस्रो विधान महाधिवेशनको कार्यतालिका तय गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शुक्रबार बिहान ११ बजेदेखि विधान महाधिवेशन सुरु हुनेछ । उद्घाटनसत्र करिब ४० मिनेटको हुनेछ ।

उहाँले भन्नुभयो, “यो बैठक मूलतः शुक्रबारदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनसँग सम्बन्धित थियो । हामीले त्यसमा विस्तारित छलफल गरेका छौं । भोलि ११ बजेदेखि विधान अधिवेशन सुरु गर्नेगरी कार्यतालिकालाई अन्तिम रुप दिएका छौं ।”

उहाँका अनुसार तत्पश्चात् सबै दस्तावेज प्रस्तुत हुनेछन् । उहाँले भन्नुभयो, “सुरुमा अध्यक्षको तर्फबाट राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलको तर्फबाट विधान संशोधन प्रस्ताव, महासचिवको तर्फबाट सङ्गठनात्मक प्रस्ताव र चार वटा आयोग र केन्द्रीय आयोगका अध्यक्षहरुले प्रस्ताव राख्नु हुनेछ ।”

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रस्ताव प्रस्तुत गर्नुहुने उहाँको भनाइ छ ।

उहाँले आज केन्द्रीय कार्यालयमा दर्ता भएको स्थायी कमिटी सदस्य कर्ण थापाको असहमतिको दस्तावेज पनि प्रस्तुत हुने जानकारी दिनुभयो । उहाँले शनिबार दिनभरी दश वटा समूहमा छलफल हुने कार्यतालिका रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शनिबार दिनभरी हामी दश वटा समूहमा सिङ्गो महाधिवेशनका प्रतिनिधिहरु विन्यास गरेर सात वटै दस्तावेजमाथि छलफल गर्नेछौं । २२ गते समूहका तर्फबाट सुझावहरु प्रस्तुत भइसकेपछि प्रतिउत्तर दिने कार्यक्रम हुन्छ । त्यसपछि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने र समसामयिक प्रस्तावहरुसहित यो महाधिवेशन सम्पन्न गर्नेगरी हामीले कार्यतालिका बनाएका छौं ।”

उहाँले बैठकमा पछिल्लो समय उठ्दैआएको पूर्व राष्ट्रपतिको सदस्यताका विषयमा आएका सुझावलाई सचिवालय बैठकले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।  विधान महाधिवेशनमा सम्बन्धित विषयमा मात्र छलफल हुने भन्नुहुँदै उहाँले यस विषय केन्द्रीय सचिवालय तथा केन्द्रीय कमिटीसँग सम्बन्धित रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल